back
CTIZAN AD

गठबन्धनबीच सिट बाँडफाँटको विषय आजै टुंगो लाग्छ– प्रचण्ड

वि.सं.२०७९ भदौ २४ शुक्रवार

666 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबीच सिट बाँडफाँटको टुंगो आजै लाग्ने बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रमका लागि पोखरा पुगेका अध्यक्ष प्रचण्डले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा गठबन्धनबीच सिट बाँडफाँटको टुंगो आजै लाग्ने बताएका हुन् ।

उनले गठबन्धन समझधारी र सहज ढंगले सहमतिको निकट पुगेको बताउँदै विभिन्न कारणले विहीबार सिट बाँडफाँटको कार्य टुंग्याउनका लागि केन्द्रीत हुन नसकेकोले आज ३ वजेभित्रमा त्यसको टुंगो लगाउने बताएका छन् ।

‘हामीबीच त्यस्तो जटिल समस्या कुनैपनि छैंन । त्यसमा हामीले समझदारी बनाएरै जान्छौ । यो सबैलाई थाहा भएकै कुरा हो,’ उनले भने, ‘यो हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने उद्धेश्यका साथ बनाइएको गठबन्धन हो । त्यो उद्धेश्य अहिले पनि आवस्यक छ । ’

अध्यक्ष प्रचण्डले नागरिकताका विषयमा कुरा गर्दै कसैले पनि यसमा भ्रम पाल्न जरुरी नभएको भन्दै जन्मसिद्ध नागरिक बनेका बाबुआमाका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ । ती ६–७ लाखलाई नागरिकता बिहीन बनाउनु हुँदैन ।

‘हिँजो तत्कालीन नेकपाको नेतृवमा सरकार हुँदा प्रधानमन्त्री केपी ओलीले अध्यादेशमार्फत् जे प्रस्ताव ल्याउनु भएको थियो यो त्यहि कुरा हो । यो कुर्न नयाँ कुरा होइन । यो त्यहि प्रस्ताव हो जसलाई राष्ट्रपतिज्यूले आउने वित्तिकै प्रमाणिकरण गर्नुभाथ्यो,’ प्रचण्डले भने, ‘केपी ओलीले त्यहि प्रस्ताव लाँदा अध्यादेश मार्फत् आउनासाथ सोच्दै नसोचिकन भनेजस्तो गरी प्रमाणिकरण गर्नु भाथ्यो । त्यहि नै प्रस्ताव हो त्यो ।’

वि.सं.२०७९ भदौ २४ शुक्रवार ११:४२ मा प्रकाशित

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...