back
CTIZAN AD

अर्थमन्त्री शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्षबीच ऋण सम्बन्धी छलफल

वि.सं.२०७९ भदौ २४ शुक्रवार

660 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरुबीच छलफल भएको हो ।

अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने, “निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।”

नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ थियो । उनले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेकाले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न उपाध्यक्ष लाभाषासँग अनुरोध पनि गरे ।

नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि मन्त्री शर्माले अनुरोध गरे । कोभिड-१९ महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगका लागि उनले धन्यवाद दिए ।

सो अवसरमा उपाध्यक्ष लाभाषाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए । अर्थमन्त्री शर्माले दिएको मार्गदर्शनअनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।रासस

वि.सं.२०७९ भदौ २४ शुक्रवार ११:१६ मा प्रकाशित

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...