back
CTIZAN AD

चोलेन्द्र शमशेरकी छोरीलाई कर्जा नतिरेको भन्दै सहकारीले काट्यो यस्तो पत्र

वि.सं.२०७९ भदौ २४ शुक्रवार

774 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाकी छोरीलाई एक सहकारीले २१ दिने सूचना निकालेर कर्जा तिर्न आउन पत्र काटेको छ ।

राणाकी छोरी सृष्टि राणालाई ललितपुरमा रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक सूचना जारी गर्दै कर्जा तिर्न आउन अनुरोध गरेको हो ।

पुर्व गर्भनर तिलक रावलको बुहारी रहेकी श्रृष्टिले श्रीमान विनय रावलको व्यक्तिगत जमानीमा व्यवसायीक कर्जा लिएको र पटक पटक लिखित तथा मौखिक रुपमा तोकेता गर्दा पनि सम्झौता बमोजिम साँवा, व्याज र अन्य दस्तुर नतिरेको र भाखा समेत नाघेकोमा राणाले वेवास्ता गरेको भन्दै यस्तो सूचना जारी गरेको हो ।

‘सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस संस्थामा सम्पर्क राखी लिएको कर्जाको साँवा, व्याज तथा अन्य दस्तुर समेत चुक्ता गर्नुहोला । अन्यथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०७४, नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटोसहितको विवरण खुलाई पुन ः ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो (घरजग्गा) लिलाम विक्रिी गरी सम्पूर्ण कर्जा असुल उपर प्रक्रिया अगाडि बढाइने जानकारी गराइन्छ ।’ उक्त सूचनामा भनिएको छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १३:०० मा प्रकाशित

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...