back
CTIZAN AD

उपेन्द्र यादवले बाेली फेरे, भन्छन्– जसपाले गठबन्धन छाड्दैन

वि.सं.२०७९ भदौ २४ शुक्रवार

987 

shares

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टी नबाहिरिने बताएका छन् । सीट बाँडफाँटमा किचलाे बढेका बेला बाहिरिने बताएका उनले बाेली फेरेका हुन् । यादवले गठबन्धन अझ सशक्त भएर अगाडि बढ्ने र त्यसमा जसपाको पूर्ण सहयोग रहने बताएका छन् ।

पाँच दलीय गठबन्धन बनाउनमा जसपामा मुख्य भूमिका रहेको बताउँदै उनले यस्तो अवस्थामा त्यतिकै छाडेर जाने कल्पना पनि गर्न नसकिने बताए । गठबन्धन बैठकमा सहभागी हुनुअघि सञ्चारमाध्यमसँग कुराकानी गर्दै अध्यक्ष यादवले सीट बाँडफाँटका कारण गठबन्धनमा कुनै प्रकारको संकट नआओस् भनि सचेत मात्र गराएको बताए ।

‘गठबन्धनमा रहेका दलहरूको आ–आफ्नो शक्ति र पहिचान छ त्यहीअनुसार सबैको व्यवस्थापन हुन्छ’, उनले भने । अध्यक्ष यादवले शुक्रबारकाे बैठकबाट बाँडफाँटकाे टुंगाे लाग्ने पनि दाबी गरेका छन् । सीट बाँडफाँटकाे लागि गठबन्धनका शीर्ष नेताहरू आज निर्णायक छलफलमा बस्दैछन् ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १७:५६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...