back
CTIZAN AD

महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर लण्डन ल्याइँदै

वि.सं.२०७९ भदौ २६ आइतवार

702 

shares

लण्डन । बिहीबार दिवङ्गत भएकी महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर उनको प्रिय बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज यहाँ ल्याइँदै छ ।

महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’मा उनको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । बालमोरल दरबारबाट दुई सय ८० किलोमिटर लामो यात्रापछि महारानीको शव इडिनबरा राजप्रासाद पु¥याइने छ । शवयात्राको मार्गमा पुष्पहारसहितका बेलाइतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ ।

आइतबार बिहान बालमोरल दरबारको मुख्यद्वारमा महारानीको हातले बनाइएको तस्बिर, एउटा सानो भालु खेलौना र फूलको थुप्रोले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । महारानीका ज्येष्ठ सुपुत्र चाल्र्स तृतीयलाई औपचारिकरूपमा राजा घोषणा गरिएको भोलिपल्ट उनको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो ।

शुक्रबार नवनरेश चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गर्नुभएको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गरेको सम्बोधनमा बेलाइतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगतलाई अवगत भएको र त्यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहो¥याएका थिए ।

आज उनलाई संयुक्त अधिराज्यका अन्य राष्ट्र स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिँदै छ । मातृवियोगमा रहेका नवनरेश चाल्र्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थाल्नुभएको छ । उहाँले बकिङघम राजाप्रासादमा प्रधानमन्त्री मेरी एलिजाबेथ ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गरेका छन् ।

सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पु¥याइने छ । मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उनको शव लण्डन ल्याइनेछ । बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ । असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ ।

शोकाकुल हासउ अफ विन्डसरमा शनिबार खुशीका केही सङ्केत पनि देखिए । राजकुमार विलियम उनका भाइ ह्यारीको पत्निहरूसहितको संयुक्त उपस्थितिले राजपरिवारबीचको सम्भावित मेलमिलापलाई बेलाइतवासीले हर्ष र आश्चर्यका साथ प्रतीक्षा गरिरहेका छन् । (रासस÷एपी)

वि.सं.२०७९ भदौ २६ आइतवार २०:३० मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...