back
CTIZAN AD

राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले सम्हाले कार्यभार

वि.सं.२०७९ भदौ २८ मंगलवार

741 

shares

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले कार्यभार सम्हालेका छन् ।

नवनियुक्त सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यकारी अधिकृतको कार्यभार सम्हालेका हुन् ।

कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत भदौ २३ गते कम्पनीको सीईओ पदमा नियुक्त गरेको थियो । यससँगै उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।

खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालिसकेका छन् ।

यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए । उनलाई अर्थमन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको अर्थमन्त्रालयले अवधि नसकिँदै उनलाई मन्त्रालय फिर्ता बोलाएको छ ।

 

वि.सं.२०७९ भदौ २८ मंगलवार ०८:३९ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...