back
CTIZAN AD

संसद् भवनमा भएको दुईपक्षीय वार्ता : तिमिल्सिनाको चिनियाँ पक्षलाई यस्तो आग्रह

वि.सं.२०७९ भदौ २८ मंगलवार

690 

shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चान्शुलाई आग्रह गरेका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौँ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनःसञ्चालनका लागि आग्रह गरे सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

सो अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशकाबीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो ।

आगामी दिनमा आपसीहितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीको स्मरण गर्दैै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताएका थिए ।

उनले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पु¥याएको योगदानका लागि धन्यवाद दिएका थिए । यस्तै उनले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाए ।

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीले अध्यक्ष तिमिल्सिनाले उठाएका विषयमा समर्थन गर्दै सीमानाकामा देखिएको अवरोध खोल्नेलगायत अन्य काममा सहजीकरण गरिने आश्वासन दिएका थिए ।

दुईपक्षीय वार्ता करिब एक घण्टा चलेको जानकारी दिँदै सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा पाण्डेले त्यसअवसरमा आपसी छलफलका क्रममा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदानप्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवैतर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो । सचिवालयले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमण उपलब्धिमूलक र सुखद रहने अपेक्षासमेत गरेको थियो ।

दुईपक्षीय वार्तामा राष्ट्रियसभाको प्रतिनिधिमण्डलको तर्फबाट अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेका थिए भने चिनियाँ पक्षबाट राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

नेपालकोतर्फबाट १८ सदस्यीय प्रतिनिधिमण्डलमा सांसदहरु देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, रमेशजङ्ग रायमाझी, डा वेदुराम भुसाल, प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल, परराष्ट्र सचिवलगायतका पदाधिकारी सहभागी थिए ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १४:२६ मा प्रकाशित

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...