ललितपुर । श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेपछि घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो ।
लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ भदौ २८ मंगलवार १४:२० मा प्रकाशित






























