back
CTIZAN AD

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ? (विवरणसहित)

वि.सं.२०७९ भदौ २८ मंगलवार

762 

shares

काठमाडौँ । नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७\७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

कूल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव नौ प्रतिशत, सञ्चितिको ३१ दशमलव छ प्रतिशत र कर्जाको अंश १४ दशमलव पाँच प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३ दशमलव सात प्रतिशतले बढेकाले कूल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आव २०७७÷७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल एक सय ९७ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७÷७८’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ ।

विसं २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । त्यसमा भारतबाट सबैभन्दा बढी अर्थात् रु ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु ३३ अर्ब, आयरल्याण्डबाट रु १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६० दशमलव पाँच प्रतिशत औद्योगिक क्षेत्रमा र ३९ दशमलव चार प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० दशमलव आठ प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव पाँच प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ दशमलव नौ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४ दशमलव नौ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४ दशमलव सात प्रतिशत रहेको छ । रासस

वि.सं.२०७९ भदौ २८ मंगलवार १५:१४ मा प्रकाशित

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...