काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा २६ वटा वाणिज्य बैंकले १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा २६ वाणिज्य बैंकहरुले कुल १३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
यो नाफा अघिल्लो आर्थिक वर्षको १ महिनामा वाणिज्य बैंकहरुले कमाएको नाफाभन्दा १०९ प्रतिशत बढी हो । अघिल्लो वर्षको पहिलो १ महिनामा यस्तो नाफा ६ अर्ब ३१ करोड रुपैयाँ थियो ।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक रिपाेर्टअनुसार यो अवधिमा नाफा कमाउनेमध्ये सबैभन्दा शीर्ष स्थानमा नबिल बैंक रहेको छ । नबिलले साउन महिनामै ४ अर्ब ९७ करोड नाफा कमाएको छ । असार अन्तिममा नेपाल बंगलादेश बैंकसँग मर्ज भएको बैंकले असार मसान्तमा आफ्नो मात्रै नाफा राखेर वित्तीय विवरण प्रकाशन गरेको थियो । साउनमा भने एकै महिना झण्डै ५ अर्ब नाफा कमाएको विवरण देखिएको छ ।
त्यस्तै, सरकारी स्वामित्वकाे स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साउन महिनामा ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि सबैभन्दा बढी नाफा कमाउनेमा रहँदै अाएकाे छ ।
यस्तै, ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। साउनमा एनआइसी एसिया बैंकले ४७ करोड ६४ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिभिल र सेञ्चुरी देखिएका छन् । ती बैंकहरुको नाफा १७/१७ करोड रुपैयाँ रहेको छ ।
कुन बैंकको नाफा कति ?
नेपाल बैंक : ३५ करोड ७५ लाख
राष्ट्रिय वाणिज्य बैंक : ७५ करोड २१ लाख
नबिल बैंक : ४ अर्ब ९७ करोड २७ लाख
नेपाल इन्भेष्टमेन्ट बैंक : ७ करोड ९० लाख
हिमालयन बैंक : ३१ करोड १८ लाख
नेपाल एसबीआई बैंक : १९ करोड ५१ लाख
एभरेष्ट बैंक : ३५ करोड ९५ लाख
बैंक अफ काठमाडौं : १६ करोड ३० लाख
एनसीसी बैंक : २६ करोड ९२ लाख
एनआईसी एशिया बैंक : ४७ करोड ६३ लाख
माछापुच्छ्रे बैंक : २५ करोड ४२ लाख
कुमारी बैंक : २९ करोड २७ लाख
लक्ष्मी बैंक : २३ करोड ४५ लाख
सिद्धार्थ बैंक : ३७ करोड ५७ लाख
कृषि विकास बैंक : २६ करोड ८२ लाख
ग्लोबल आईएमई बैंक : ६७ करोड ३३ लाख
सिटिजन्स बैंक : २४ करोड ९४ लाख
प्राइम कमर्शियल बैंक : ३९ करोड ५४ लाख
सनराइज बैंक : २५ करोड ३५ लाख
एनएमबि बैंक : ३६ करोड ७ लाख
प्रभु बैंक : ३७ करोड ६१ लाख
मेगा बैंक : २७ करोड ८६ लाख
सिभिल बैंक : १७ करोड ७७ लाख
सेञ्चुरी बैंक : १७ करोड ३६ लाख
सानिमा बैंक : २८ करोड ६० लाख
वि.सं.२०७९ भदौ २८ मंगलवार १५:२३ मा प्रकाशित






























