back
CTIZAN AD

हिरो मोटोकर्पद्धारा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक

वि.सं.२०७९ भदौ २९ बुधवार

690 

shares

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ ।

नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै कम्पनीले उक्त बाईक सार्वजनिक गरेको हो ।

प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको छ । यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको छ ।

यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा २ लाख ६६ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्ना उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ र आफ्ना ग्राहकहरूलाई वर्ग–अग्रणी कार्यसम्पादन प्रदर्शन (पर्फमेन्स), सुविधाहरू र शैली प्रदान गर्दै आएको छ ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो । यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेट सहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन् ।

वि.सं.२०७९ भदौ २९ बुधवार ०९:०६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...