back
CTIZAN AD

राष्ट्रपति भण्डारी र चिनियाँ नेता लीबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०७९ भदौ २९ बुधवार

858 

shares

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको छ ।

राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटमा अध्यक्ष लिले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएको बताइएको छ ।

यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले नाका संचालनका लागि पहल गरिदिन लिसँग आग्रह गरेका थिए ।

त्यसैगरी अध्यक्ष लिले राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली महिलाहरुको सहभागितासहितको राजनीतिक प्रणाली बनेको भन्दै यो विषय चीनका लागि पनि सिक्न लायक रहेको बताएका थिए ।

त्यस्तै आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ पुगेका हुन् ।

 

वि.सं.२०७९ भदौ २९ बुधवार १७:४५ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...