back
CTIZAN AD

कोरियाली युद्धमा मारिएका अठासी चिनियाँ सैनिकका अवशेष मातृभूमि पठाइँदै

वि.सं.२०७९ भदौ ३० बिहीवार

900 

shares

इन्चेन(दक्षिण कोरिया) । १९५०–५३ मा भएको कोरियाली युद्धमा मारिएका ८८ जना चिनियाँ सैनिकका शवका अवशेष ‘कफिन’ मा राखेर उनीहरूको मातृभूमि पठाइँदै छ ।

आज यहाँ एक कार्यक्रम आयोजना गरी सैनिकका शवका अवेशष कफिनमा राखियो । त्यस अवसरमा चिनियाँ सशस्त्र बलका पूर्वउपमन्त्री चाङ झेङगुओ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल, दक्षिण कोरियास्थित चिनियाँ दूतावासका अधिकारी, दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारी र अवशेषहरूको उत्खनन र पहिचानमा संलग्न कर्मचारीहरूको उपस्थिति थियो ।

चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यहरूले चिनियाँ जन स्वयंसेवक शहीदहरूप्रति तीन पटक नतमस्तक भएर श्रद्धाञ्जलि अर्पण गरेका थिएभने दक्षिण कोरियाली पक्षले शवलाई कफिनमा राख्नु अघि फूलका गुच्छा चढाएर सम्मान गरेका थिए ।

चीन र दक्षिण कोरियाले सन् २०१४ देखि २०२१ सम्म लगातार आठ वर्षसम्म दक्षिण कोरियामा रहेका आठ सय २५ चिनियाँ जन स्वयंसेवक शहीदको शव मानवीय सिद्धान्त, मित्रता र व्यावहारिक सहयोगको भावनामा सफलतापूर्वक हस्तान्तरण गरेका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ भदौ ३० बिहीवार २०:४७ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...