back
CTIZAN AD

दुई वटा लघुवित्तको शेयर कारोबार रोक्का

वि.सं.२०७९ असोज २ आइतवार

906 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा आरएमडिसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको हो ।

यी दुई लघुवित्त कम्पनीले एकआपसमा मर्जमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको हो । शुक्रबार दुई संस्थाबीच मर्जर समबन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका छन् । १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको छ । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् । यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्ट पछि मात्र आउने भएकोले सो समयसम्ममा स्वाप १००ः९० सम्म कायम हुन सक्ने बताईएको छ ।

कम्पनीका अनुसार मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ । मर्जरपछि बन्ने संचालक समितिमा दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ ।

वि.सं.२०७९ असोज २ आइतवार १२:२३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...