back
CTIZAN AD

सरकारी अनुदानद्वारा सञ्चालित बाख्रा फार्म अलपत्र

वि.सं.२०७९ असोज ९ आइतवार

939 

shares

कुश्मा । पर्वतको महाशिला गाउँपालिका-१ होश्राङ्दीमा सरकारी अनुदानद्वारा सञ्चालित नमुना बाख्रा फार्म अलपत्र परेको छ । पैयुँ बरल्याङ बहुउद्देश्य कृषि फार्मले बाख्राको स्रोत केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले सात वर्ष अघि दुई सय ३२ रोपनी जग्गामा निर्माण गरिएको भौतिक संरचनाहरु अलपत्र परेका हुन् ।

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाल सहित २९ जनाको समूहले २०७२ सालमा नमुना बाख्रा फार्म सञ्चालन ल्याएको थियो । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को रु ७० लाख अनुदान रकमबाट भौतिक संरचना निर्माण गरिएको थियो । दुई सय ३२ रोपनी जग्गामा बाख्रा पाल्नका लागि चाहिने आवश्यक संरचनाहरु बनेका छन् । पाँचसय माउ बाख्रा पाल्नेगरी पिल्लर सहतिको २५ मिटर लामो र २५ मिटर चौडा तीनवटा खोर र तीनवटा घाँस खुवाउने ठाउँ निर्माण गरिएको थियो ।

“ईश्वरी सरलाई सञ्चालक र व्यवस्थापक बनाएर काम गरेका थियौँ, पछि उहाँलाई राजनीति लाग्यो, वडाध्यक्ष हनुभयो, अहिले त झनै गाउँपालिकाको अध्यक्ष बन्नुभयो, उहाँकै कारणले कम्पनी डामाडोल भयो,” उक्त फार्मका अध्यक्ष रुद्रबहादुर क्षेत्रीले भने, “पाँच कर्मचारी राखेका थियौँ, उनीहरुले पनि काम गरेनन् । अब बाख्रा फार्म सञ्चालन गर्न सकिन्न, भाउ पाए बेच्ने हो । मेरो मात्रै रु पाँच लाख परेको छ, न्यूनतम रु ५० हजारदेखि रु १२ लाखसम्म सेयर रकम हालेको अवस्था छ ।”

गाउँमा बाख्रा फार्म सञ्चालन हुने भएपछि स्थानीयबासीहरु पनि खुसी भएका थिए । गाउँबाट युवाहरु पलायन भइरहेको अवस्थामा गाउँमै आधुनिक किसिमले पशुपालन गरिने भएपछि केही युवाहरुले रोजगार पाइने आशा समेत गरेका थिए । तर सञ्चालनमा आएको वर्ष दिनमै खोरमा राखिएका बाख्राहरु कम हुँदै गए । सरकारी अनुदान रकम प्राप्त गर्नका लागि मात्र खोरमा बाख्रा राखिएको गाउँलेहरुको आरोप छ ।

“अनुदानको रकम सदुपयोग गरेर युवाहरुलाई रोजगार देलान् भन्ने आशा थियो, त्यो पनि छाडियो,” स्थानीयवासी सन्तोष भुसालले भने, “तल माथि दुई ठाउँमा टन्नै संरचनाहरु त बनाइएका छन् तर झाडीले जानै नसकिने खण्डहर बनेको छ । पहिलो वर्ष बाख्रा खोरमा टन्नै राखिएको थियो, पछि घट्दै गयो । राज्यको रकम दुरुपयोग हुँदा पनि कारबाही त छाड्दिनुस् कहिँ कतैबाट अनुगमन समेत भएको पाइएन् ।”

कृषकको जीवनस्तर उकास्न विश्व बैंकले सरकारलाई सहयोग उपल्बध गराएपछि २०६६ देखि २०७५ सालसम्म प्याक्ट परियोजना सञ्चालनमा थियो । दातृ निकायको सहयोगमा सरकारले कृषकलाई अनुदान दिने गरी आयोजना सुरु गरिए पनि बास्तविक कृषकसम्म कार्यक्रम पुग्न सकेन । अन्यत्रजस्तै महाशिलामा पनि राजनैतिक पहुँच र टाठाबाठाहरुले नै अनुदानको रकम दुरुपयोग गरेका हुन् ।

“सरकारले दिने अनुदान सहित रु दुई करोड ३० लाखको लागत अनुमान गरिएको परियोजनाबाट प्राप्त अनुदानबाहेक थप रकम ल्याउन सकेनौँ।”, महाशीला गाउँपालिकाका अध्यक्ष तथा फर्मका मुख्य सञ्चालक भुसालले भने, “जग्गा किन्न र भौतिक संरचना बनाउन सेयर सदस्यबाट उठेको रु ६३ लाख र सहकारीबाट रु ४० लाख ऋण लियौँ तर ऋणमा डुबेपछि थप लगानी गर्न सकेनौँ ।”

एमालेका तर्फबाट वडाध्यक्ष हुँदै उनी गाउँपालिका अध्यक्ष बनेका हुन् । अध्यक्षमा निर्वाचित भइसकेपछि असफल बनाउन केहि व्यक्तिहरुले बाख्रा फार्मसँग जोडेर आफ्नो चरित्र हत्या गर्न खोजेको भुसालको भनाइ थियो ।

“हाम्रो ७० प्रतिशत र प्याक्टको ३० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको हो ।”, उनले भने, “पसलबाट सामान ल्याएको पैसा अझै तिर्न सकेका छैनौँ, कतै त अफ्नै जग्गा बेचेर ऋण तिरेको अवस्था पनि छ । अनुदान पाएको रु ७० लाखको भवन र सेयरबाट उठाइएको रु ६३ लाखमा बनेको संरचना कति छ हेर्नुहोस्, त्यहाँ सदुपयोग भयो कि दुरुपयोग ?” उनको प्रश्न थियो । रासस/फाइल फोटो

वि.सं.२०७९ असोज ९ आइतवार १२:३३ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...