Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

नेप्सेमा अभियान लघुवित्तको शेयर कारोबार सुरु



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अभियान लघुवित्तको शेयर कारोबार सुरु भएको छ । आज आइतबार स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३१६ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुमा नै पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको एभीवाईएएन सिम्बलबाट कारोबार भएको हो ।

शुक्रबार कम्पनीको २५ लाख कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ । सर्वसाधारणहरुका लागि शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको