Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेसभित्र चर्कियो विवाद, गठबन्धनको भविष्य अन्योलमा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसभित्रको विवाद सतहमै देखिन थालेको छ । कांग्रेस नेता डा. शेखर कोइराला पक्षले बेग्लै भेला बोलाएर पार्टीबाट विद्रोह गर्ने चेतावनी दिएसँगै विवाद सार्वजनिक रुपमै प्रकट भएको हो ।

कोइराला समूहले समानुपातिक सूचीमा आफ्ना समूहका नेता तथा कार्यकर्तामाथि अन्याय गरिएको र प्रत्यक्षतर्फ उम्मेदवारी चयनमा समेत एकलौटी गर्न खोजिएको आरोप लगाएको छ । त्यस्तो भएमा आन्दोलन र निर्वाचन बहिष्कारसम्मका योजना समूहले अघि सारेको छ ।

“हाम्रा समूहका नेताहरूलाई चालीस प्रतिशतको सम्मानजनक हिस्सा माग्न भन्छौं , नेतृत्वले दिन चाहेन भने हाम्रो पक्षका कोही पनि लड्ने अवस्था रहन्न”, नेता गुरुराज घिमिरेले भनेका छन्, “त्यस्तो परिस्थितिमा रूखमा भोट हाल्न लगाउँछौं तर, हामीहरू कोही चुनाव लड्दैनौं, समूहबाट कोही नेता चुनाव लड्न जानुभयो भने विद्रोह गर्छौं ।’

पार्टीभित्रको स्वेच्छाचारिता नसच्चिए विद्रोह गर्नुको विकल्प नरहेको उनले बताए । गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म सयम दिने, तर आफ्नै पार्टीका नेतालाई १८ मिनेट पनि समय नदिएको केही नेताको आरोप छ ।

त्यसो त, कोइराला समूहले देउवा पक्षलाई पटक–पटक सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने दबाव पनि दिदैँ आएको छ । गठबन्धन कायमै राख्दा बहुमत ल्याउने अवस्था नहुने निक्र्यौल कोइराला पक्षको छ ।

कोइराला पक्षले कम्तीमा १०० सीट राखेर चुनाव लड्नुपर्ने सुझाब पार्टी नेतृत्वलाई दिएको छ । जसमा ४० प्रतिशत अर्थात् ४० सीट आफ्नो पक्षले पाउनुपर्ने अडान कोइराला पक्षको छ ।

कोइराला पक्षले गठबन्धनकै कारण आकांक्षी नेता कार्यकर्ताको व्यवस्थापन जटिल भएको र समानुपातिक मत पनि घट्ने भन्दै सकेसम्म गठबन्धन बिनै चुनावमा जानुपर्ने बताइरहेको छ ।

के भन्छ देउवा पक्ष ?

विवाद बढिरहे पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने खासै वास्ता गरेको छैन ।समानुपातिक उम्मेदवार सहमतिमै चयन गरेको तर, कोइराला पक्षले अनावश्यक बखेडा निकालेको निष्कर्ष देउवा पक्षको छ ।

पार्टी प्रवक्तसमेत रहेका नेता प्रकाशरण महतले भने समानुपातिक उम्मेदवार छनोटमा भागबन्डाको प्रस्ताव नआएको र असमझदारीसमेत नभएको दाबी गरे । “प्रदेश–प्रदेशमा शेखरजी र उहाँका प्रतिनिधिहरू बसेरै सहमतिबाट उम्मेदवार छनोट भएको हो, निर्वाचन आयोगमा सूची बुझाउन जाँदा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र महेन्द्र यादव जानुभएको हो”, उनले भने, “एकलौटी गरिएको छैन, कुरा राख्न निषेध गरेको भए एकलौटी भयो भन्न सकिन्थ्यो, त्यस्तो छैन, बालुवाटारमा एउटा कुरा गर्ने र बाहिर चालीस प्रतिशतको कुरा गर्दा निर्वाचनको मुखमा राम्रो सन्देश जाँदैन ।”

यसअघि पनि सभापति देउवाले पाँच वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई नसमेटेको र पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको भन्दै कोईराला पक्षले छुट्टै बैठक बोलाएको थियो । अहिले पनि सभापति देउवा अहिलेकै शैलीमा निरन्तर अघि बढे अब समानान्तर गतिविधि गर्ने तयारीमा उक्त समूह जुटेको छ ।

कोइराला समूहको विद्रोहले गठबन्धनमा समस्या

कांग्रेसभित्र विवाद बढेसँगै पार्टी महामन्त्री गगन थापा गठबन्धनको बैठकमा जान छाडेका छन् । उनले आन्तरिक विषय नमिलाई गठबन्धनको बैठक औचित्यहीन भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेसभित्र विद्रोह र विभाजनको अवस्था सिर्जना हुँदा गठबन्धनमा भागवण्डाको विषय पनि अन्योलमा देखिएको छ । कांग्रेसभित्रको विवादको कारण के–कति संख्यामा सीट बाँडफाँट गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

कोइराला समूहले न्यूनतम १०० सीटमा सहमति गर्न सकिने र जसको ४० प्रतिशत अर्थात् ४० सीट आफुँले पाउनुपर्ने बताएको छ । तर, सत्ता साझेदार अन्य दलहरुलाई कांग्रेसलाई ८० सीटभन्दा बढी दिने पक्षमा छैनन् । त्यसा हुँदा कांग्रेसभित्रै व्यवस्थापन निकै चुनौतिपूर्णं हुनेछ ।

सभापति शेरबहादुर देउवाले आफुँ निकटस्थहरुलाई समानुपातिकमा समेटिसकेको हुनाले प्रत्यक्षमा व्यवस्थापन झन् जटिल छ । समानुपातिकमा देउवाले पेलेको कारण कोइराला पक्षले प्रत्यक्षमा बढी सीट पाउनुपर्ने अडान सार्वजनिक गरेको छ ।

कोइराला पक्षको अडानकै कारण कांग्रेसभित्र सीट व्यवस्थापन जटिल हुने र गठबन्धनबीच भागवण्डा मिलाउन थप सकस हुने देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको