काठमाडौं । सिद्धार्थ बैंकले ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । बैंकले असोज ८ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले यहि आश्विन ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २०० रुपैयाँ) क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको छ ।
बैंकले यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास लिएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको जनाएको छ । साथै आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकले जनाएको छ ।

बैंकले १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्ट मार्फत प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ असोज ९ आइतवार १३:०७ मा प्रकाशित






























