काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शेखर कोइराला समूह छाडेका छन् । उनी समूहका पछिल्ला भेलामा उपस्थित छैनन् ।
उनले आफुँ निर्णय लिने र गर्ने ठाउँमा भएको भन्दै कुनै गुटगत रुपमा जान नमिल्ने बताएका छन् । गुरुङलेले आफुँ सबै कांग्रेसको नेता भएको कुनै गुटगत भेलामा जान नसुहाउने टिप्पणी गरेका छन् ।
“यस्ता भेला र बैठक भइरहन्छन्, पार्टीको महत्वपूर्णं जिम्मेवारीमा रहेका साथीहरु कहाँ–कहाँ जाने, कहाँ–कहाँ नजाने हामीलाई पनि ज्ञान होला”, एक टेलिभिजनसँगको कुराकानीमा उनले भनेका छन्, “अहिले म निर्णय गर्ने ठाउँमा छु, सबैका लागि निर्णय गर्ने हो, मैंले सबैलाई न्यायोचित हुने कुरा गर्नुपर्छ, मेरो व्यवहार सोहीअनुसार हुनुपर्छ ।”
कोइराला समूहले समानुपातिकतर्फको उम्मेदवारको सूची नसच्याए विद्रोह गर्ने चेतावनी दिएको छ । कोइराला समूहले चेतावनी दिएको विषय ठूलो नभएको गुरुङले बताएका छन् । उनले बन्दसूचीमा भएको उम्मेदवारको टुंगो नलागेको कारण अहिले नै बोल्ने विषय सही नभएको उनको भनाई छ ।
गुरुङले समानुपातिकको सूची सहमतिमै ल्याइएको पनि बताएका छन् ।
वि.सं.२०७९ असोज ९ आइतवार १३:२४ मा प्रकाशित






























