काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले ठमेलस्थित केशिज रेष्टुरेन्ट एण्ड बारमा आर्कषक छुट पाउने भएका छन् । बैंक र केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.बिच छुट गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र केशिजका तर्फ बाट प्रोप्राइटर सुबोध शाक्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले केशिज रेष्टुरेन्टद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
बैंकले सम्झौता अन्तर्गत केशिजमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा केशिज रेष्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको जनाएको छ ।
वि.सं.२०७९ असोज १० सोमवार १४:०१ मा प्रकाशित





























