back
CTIZAN AD

कांग्रेसभित्र विवाद : असन्तुष्ट पक्षले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

वि.सं.२०७९ असोज १० सोमवार

942 

shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किएको छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा संस्थापन पक्षले मनोनानी गरेको भन्दै शेखर कोइराला नेतृत्वको समूह विद्रोहमा उत्रिएको छ । समूहले पार्टी नेतृत्वविरुद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ ।

काठमाडौं ठमेलस्थित होटल यात्रीमा सोमबार सम्पन्न कोइराला समूहको भेलाले असोज १२ देखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समूहले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्ने निर्णय गरेको छ ।

समूहले समानुपातिक सूची नसच्याए १४ गतेदेखि पुनः अर्को आन्दोलन गर्ने बताएको छ । समूहले १४ गतेपछिको आन्दोलन भने कठोर हुने बताएको छ । यद्यपि, समूहले उक्त आन्दोलन कस्तो हुने खुलाएको छैन ।

४० प्रतिशतको बारगेनिङ्ग

कांग्रेस नेतृत्वले समानुपातिकको सूची तयार गरेसँगै कोइराला नेतृत्वको समूह विरोधमा उत्रिएको थियो । समूहले आफ्नो पक्षमाथि अन्याय गरिएको बताउँदै आएको छ । समूहले समानुपातिकमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने बताउँदै आएको छ ।

समूहले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा उम्मेदवार तय गर्दा कम्तीमा ४० प्रतिशतको माग गरेको छ । संस्थापन पक्षले २० प्रतिशत दिने तयारी गरिरहेका बेला कोइराला समूह विरोधमा उत्रिएको हो । समूहले ४० प्रतिशत नदिए आफ्नो तर्फबाट उम्मेदवार नै नउठाउने पनि बताएको छ ।

तर, कोइराला समूहभित्रै पछिल्लो समय भने विवाद छ । पार्टी नेतृत्वमा रहेका नेताहरु धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियारलगायत पछिल्ला बैठकहरुमा सहभागि छैनन् ।

सम्बन्धित समाचार

कांग्रेसभित्र चर्कियो विवाद, गठबन्धनको भविष्य अन्योलमा

वि.सं.२०७९ असोज १० सोमवार १३:२७ मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...