काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । बडा दशैंलाई लक्षित गरी २ हजारसम्मको छुट सुविधाहरू प्रदान गरेको बैंकले जनाएको छ ।
एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दसैँमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २ हजारसम्म पैसा बचत गर्न सक्नेछन् ।
एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाइने बैंकले जनाएको छ । त्यस्तै, एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श–पोसमा कारोबार गर्दा २०% वा रु ५०० सम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।
एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी÷एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाइने बैंकले जनाएको छ । त्यसको साथसाथै, एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा रु २०० सम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।
वि.सं.२०७९ असोज १२ बुधवार ०८:५४ मा प्रकाशित





























