काठमाडौ । प्रभु बैंकका ग्राहकहरुले हेटौंडाको चुरे हिल हस्पिटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकको तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह र चुरे हिल हस्पिटलको तर्फबाट प्रशासनिक प्रमुख रविन्द्रकुमार थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकहरुले चुरे हिल हस्पिटलले सञ्चालन गरिरहेको आइसीयुबाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
यस्तै, फार्मेसीमा पाइने औषधि शुल्कमा पनि ५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ । यो सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ ।
वि.सं.२०७९ असोज १२ बुधवार ०८:५५ मा प्रकाशित





























