back
CTIZAN AD

वालिङका पाँच घर पहिरोको जोखिममा

वि.सं.२०७९ असोज २१ शुक्रवार

654 

shares

वालिङ । अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए ।

बिहिबार दिउसो ३ बजे घर मुनीबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उनले बताए । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरु जोखिममा परेका हुन् ।

अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरुलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाँणले बताए । मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको छ । पानी रोकिएपछि प्राविधिक तथा विपद ब्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने\नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाँणले बताए । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाकाकारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

वि.सं.२०७९ असोज २१ शुक्रवार ०८:०० मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...