back
CTIZAN AD

अमेरिकामा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०७९ असोज २१ शुक्रवार

771 

shares

अमेरिका । अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा गाडीले ठक्कर दिंदा एक नेपालीको मृत्यु भएको छ ।

पारिवारिक श्रोत तथा साथीभाईका अनुसार मोरङ्ग सुन्दर हरैचा स्थायी घर भै बिगत १४–१५ बर्ष देखि भर्जिनियाको आर्लिंगटन शहरबाटकेही समय अगाडी मात्र मनाससमा घर खरिद गरि सरेका थिए ।

गत बुधबार भएको दुर्घटनामा उनि निकै गम्भीर अवस्थामा भएकोले उनलाई हेलीकप्टरबाट अस्पताल लगिएको समेत स्थानीय पत्रिका डब्लुयुएसए९ ले उल्लेख गरेको थियो ।

भर्जिनियाको प्रिन्स विलियम काउन्टी प्रहरीका अनुसार उनलाई नाजुक अवस्थामा हेलिकप्टबाट अस्पताल भर्ना गरिएको थियो ।

प्रिन्स विलियम काउन्टी प्रहरी विभागका अनुसार गत बुधबार राती उनलाई कारले ठक्कर दिएको थियो । मनासस शहरको सडली म्यानोर र स्कोफिल्ड वे नामक सडकको बीचमा करिव ९ः३० बजे उक्त दुर्घटना भएको डब्लुयुएसए९ ले जनाएको छ ।

विभागका जन सूचना अधिकारीले अस्पताल उडाउन्जेलसम्म उनि होशमा रहेका थिए । उनको स्वास्थ्य अवस्था नाजुक रहेको समेत उनले बताएका थिए । प्रहरीले दिएको जानकारी अनुसार बिहिबार बिहान सम्म उनि अस्पतालमै रहेको समेत पत्रिकाले उल्लेख गरेको थियो ।

गाडीले ठक्कर दिने चालक घटनास्थलमै रहेको र अनुसन्धानमा प्रहरीलाई सहयोग गरेका थिए । घटनापछि कैयौ घण्टासम्म उक्त क्षेत्रक सडक बन्द गरिएका थिए ।

वि.सं.२०७९ असोज २१ शुक्रवार ०८:१४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...