back
CTIZAN AD

तपाईको आज असोज २२ गते शनिबारको राशिफल भन्छ– आज यी ६ राशिका हुनेछन् लाभान्वित

वि.सं.२०७९ असोज २२ शनिवार

654 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। तर आकस्मिक समस्याले खर्च बढाउने समय छ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। पेसा तथा व्यापारमा थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। दिउँसोदेखि परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही विवादास्पद काम गर्नुपरे पनि बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यबाधा हुनाले काम रोकिन सक्छ। सहयोगीहरू समेत पछि हट्नेछन्। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। पहिलेको उपलब्धि जोगाउन पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुपर्ला। प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ। आर्थिक लेनदेन गर्दा हिसाबमा ध्यान दिनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिहानको काम सन्तोषजनक नहुन सक्छ। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। सोचेको काम पूरा नभए पनि आंशिक लाभ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। ज्ञान र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा अनुभवी अग्रजहरूको सहयोग लिँदा राम्रो हुनेछ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन फलदायी रहनेछ। काम बन्नुका साथै सुखद समाचारले आशा जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यापार बढ्नेछ र नयाँ आयस्रोत फेला पर्नेछन्।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्चिलो काम थाल्नाले बिहानभरि दौडधुप गर्नुपर्ला। अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य काम गर्नाले प्रशंसक बढ्नेछन्। ज्ञानले व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ। सोचेको लाभ उठाउन सफल भइनेछ।

२०७९ असोज २२ गते, शनिवार, (८ अक्टोबर २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज असोज २१ गते शुक्रबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

वि.सं.२०७९ असोज २२ शनिवार ०७:५१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...