back
CTIZAN AD

चुनावको दिन सार्वजनिक यातायातका साधन चल्ने

वि.सं.२०७९ असोज २२ शनिवार

729 

shares

काठमाडाैं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गतेको आमनिर्वाचनका दिन सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । मतदानका दिन सार्वजनिक यातायात बन्द गर्दै आएकाे आयाेगले यस पटक खुल्ला गर्ने तयारी गरेकाे हाे ।

आयाेगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सबैकाे सुझाबअनुसार यातायातका साधन चल्न दिने निर्णय भएको जानकारी दिए । यातायात सञ्चालन बन्द गर्दा झनै समस्या बढेकाे उनले बताए ।

‘स्थानीय तहलगायत विगतका निर्वाचनमा मतदानको दिन सार्वजनिक यातायात बन्द हुँदा अप्ठ्यारो बाटोबाट मतदाता ओसार्दा आचारसंहिताको बर्खिलाप हुने, जेष्ठ नागरिकहरु, अशक्त व्यक्तिहरु मतदान केन्द्र टाढा छ भने अन्य व्यक्तित्वहरुलाई अप्ठेरो पर्ने र त्यसदिन आवगमनका निम्ति सवारी अनुमति माग्नेको भिड व्यवस्थापन गर्न पनि कठिन भएकोले सबैको सुझावको आधारमा मंसिर ४ गतेको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्ने निर्णय गरेका छौं’, आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने ।

निर्वाचनकाे दिन व्यवस्थित यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा आयाेगले यसअघि कार्यदल नै गठन गरि सुझाब मागेकाे थियाे । आयुक्त थपलियाले बताएअनुसार उक्त कार्यदलले दिएकाे सुझाबका आधारमा यातायात सञ्चालन गर्न लागिएकाे हाे ।

आयुक्त थपलियाले बताएअनुसार यसअघि निर्वाचनकाे दिन नेपाल बन्द हाे कि भन्ने प्रश्नसमेत उठ्ने गरेकाे थियाे । उनले अघि भनेका छन्, ‘अब निर्वाचनको दिन नेपाल बन्दको दिन हो कि भन्ने अभिव्यक्ति दिनुपर्ने छैन र हामीले पनि सुन्नुपर्ने छैन भन्नेमा हामी ढुक्क छौं ।’

वि.सं.२०७९ असोज २२ शनिवार २०:३६ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...