काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।
झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।
ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।
झापा- ५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीबाट पराजित भएका थिए ।
*झापा ५ हुनुपर्नेमा अन्यथा भएकाेमा सच्चाइएकाे छ ।
वि.सं.२०७९ असोज २३ आइतवार १२:५३ मा प्रकाशित






























