back
CTIZAN AD

नर्वेको ओस्लोमा पनि दशैं मनाईयो

वि.सं.२०७९ असोज २३ आइतवार

1.5K 

shares

प्रेम परियार, नर्वे । नेपालीहरुको महान पर्व विजया दशमी नर्वेको ओस्लोमा पनि धुमधामका साथ मनाईएको छ ।

यही अक्टोबर ५ का दिन ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नाराका साथ भव्य रूपमा सम्पन्न गरिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले युरोपमा दशैंको साइत अघिल्लो दिनमा मनाउन सकिने भनिएपनि आफु बसेको देशको समयको शुभ साईतमा रातो टिका र जमरा लगाई भव्य रूपमा दशैं मनाइएको छ ।

विभिन्न उद्धेश्य लिई स्थापित नेपाली संघसंस्थाहरु बीच सहकार्य गर्दै यस वर्षको बिजयादशमीण् कार्यक्रम एनआरएनए नर्वे, नेपाली पोर्चुगीज समाज नर्वे र नेपाली बिद्यार्थीहरुको संगठन नेस्को नर्वेको संयुक्त आयोजनामा ओस्लोको Amatøren Sogn Student Housing को हलमा सामूहिक रूपमा टिका ग्रहण गर्दै सम्पन्न गरिएको छ ।

बिगतका वर्षमा विभिन्न संस्थाले छुट्टाछुट्टै मनाऊने गरिएको पर्व यसवर्ष देखि संयुक्त रूपमा आयोजना गरी सामूहिक मनाऊँदा यसको महत्व र पारस्परिक हित तथा भाईचाराको सम्बन्ध अझ मजबुत हुने अभीलाषा राखी आयोजना गरिएको थियो । यस्तो सुरुवातले यसले सकारात्मक सोचको प्रारम्भ भएको महशुष गरिएको छ ।

नेस्कोका अध्यक्ष भुवन पौडेलद्वारा संचालन गरिएको कार्यक्रममा आयोजक संस्था एनआरएनए नर्वेका अध्यक्ष जीवन बहादुर (प्रबिन) शाहीको अध्यक्षता रहेको थियो ।

आयोजक नेपाली पोर्चुगीज समाज (नेपोस) नर्वेका महासचिव ईश्वरी प्रसाद खनाल अतिथि रहेको सो कार्यक्रममा बिजया दशमीको शुभकामना आदान प्रदान गरिएको थियो ।

संयुक्त रूपमा आयोजना गरिएको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई थप रोचक र ब्यवस्थापन संयोजन लागि एनआरएनए उपाध्यक्ष नवराज (राजन) अधिकारी, नेस्कोका सदस्य रोशन न्यौपाने, सैलेश धिताल, (कोषाध्यक्ष) पूजा चौधरी, एन्जिला स्थापित (सचिव) ले आ–आफनो भूमिका निर्वाह गरेका थिए ।

प्रनेश धूँजूको श्रेष्ठको फोटोग्राफी रहेको उक्त कार्यक्रममा क्रिस्टीना गिरीको एकल नृत्यले हललाई मन्त्रमुग्ध पारेको थियो ।

हाम्रो संस्कृति र हाम्रो पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाली भेषभूषा दौरा सुरूवाल ढाका टोपी, गुन्यू चोली र रातो साड़ीमा सजिएर आएका महिला तथा बालबालिकाको बाक्लो उपस्थितिले हल र वरपर नेपालमय बनेको थियो ।

नेपाली पोशाकमा सजिएर आएका विदेशी पाहुनाहरुले नेपाली परिकार सेल रोटी र अचारको स्वादमा सबै रमाउँदै नेपाली कला संस्कृतिको प्रशंसा गरेका थिए ।

स्वदेशी तथा विदेशी पाहुना समेत गरी कÞरीब १२० जना उपस्थित पाहुनालाई नेपोसका महासचिव तथा अतिथि ईश्वरी प्रसाद खनालले टिका लगाई बिजयादशमीको शुभ आशीर्वाद दिएका थिए ।

 

वि.सं.२०७९ असोज २३ आइतवार १३:२२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...