back
CTIZAN AD

शीर्ष नेताको मनोनयन : ओली झापामा, प्रचण्ड र बाबुराम गोरखा

वि.सं.२०७९ असोज २३ आइतवार

792 

shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् ।

शीर्ष तहका अधिकांश नेताहरु पनि आ–आफ्नो चुनावी क्षेत्रमा पुगेर मनोनयन दर्ता गरिरहेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

झापामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भएको छ । ओलीले उम्मेदवारी दर्ता गराएको क्षेत्रमा राप्रपाले सहमतिमै उम्मेदवार उठाएको छैन ।

यता, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले रौटहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल उम्मेदवारी दर्ता गराउन गौरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय आफैं पुगेका थिए ।

यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् । चितवन–३ बाट उम्मेदवारी दिने तयारी गरेका प्रचण्ड अन्तिम समय गोरखा–२ बाट निर्वाचन लड्ने निर्णयमा पुगेका थिए । प्रचण्ड पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईसँगै उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने उम्मेदवारी दर्ता गर्न आफुँ गएका छैनन् । देउवाले पत्नी आरजु राणालाई मनोनयन दर्ता गर्न पठाएका छन् । राणा शनिबारदेखि नै डडेलधुरा पुगेकी थिइन् ।

वि.सं.२०७९ असोज २३ आइतवार १३:५२ मा प्रकाशित

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...