back
CTIZAN AD

एनआरएनए युगाण्डाद्वारा आयोजित दशैं पर्व कन्सर्ट र संस्कृति कार्यक्रम सम्पन्न

वि.सं.२०७९ असोज २३ आइतवार

1K 

shares

युगाण्डा । स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघ युगाण्डाले हिन्दु धर्मावलम्बीहरुको महानपर्व बिजयादशमी भव्यताका साथ सम्पन्न गरेको छ ।

युगाण्डाका लागि नेपाली अवैतानीक वाणिज्य दूतावासको सहयोगमा गैरआवासीय नेपाली संघ युगाण्डाले आयोजना गरेको यस कार्यक्रममा नेपालका विभिन्न रियालिटी शो हरुबाट अत्यन्तै चर्चा बटुलेकी नायिका, पत्रकार तथा कार्यक्रम संचालिका रिमा विश्वकर्मा, भारतीय जी टिभीबाट संचालित रियालिटी शो ‘सा रे गा मा पा लिटिल च्याम्प–२०१९’ बाट दोस्रो स्थान हासिल गर्न सफल, सबैको मनमुटुमा बसेका गायक प्रीतम आचार्य, नेपाल आईडल तेस्रो संस्करण टप ८ सम्म रही, करोडौंको मन मुटुमा बस्न सफल गायिका रचना रिमाल, कोभिड कालमा नेपालको चर्चित मुलगीत फुलबुट्टे सारी’ को विदेशी संस्करण अनुरुप स्वर दिएर सम्पुर्ण नेपालीको मन जित्न सफल युगाण्डाकी मोडल, नायिका र गायिका दि क्याप्टेन बियोन्से फामेसीको दमदार प्रस्तुति रहेको थियो ।

संघका अध्यक्ष बिनोद थापाको सभापतित्व, युगाण्डाका लागि नेपाली अवैतानीक वाणिज्यदूत डा. सुधिर रुपारेलियाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको डा. रुपारेलिया प्रमुख प्रायोजक पनि थिए भनें रमा कलेक्सन र एक्युरेट सेक्युरेटी कम्पनीले स्वर्णतहको प्रायोजन गरेको थियो ।

कास्यतहको प्रायोजनमा मेहेफिर क्यासिनो, मेघा इण्डष्ट्री, रिलायन्स सुपरमार्केट, क्रीयटन एन्ड प्रीन्ट्स तथा ईष्ट अफ्रीकन प्याकेजिङ लिमिटेड, युनिमनी तथा श्याम कृष्ण मानन्धर लगायतले विशेष योगदान अनुरुपको प्रायोजन गरेको गरेका थिए ।
त्यसैगरी कलाकारहरुको बिदाई, रात्रीभोज तथा कार्यक्रम व्यवस्थापनमा विशेष योगदान तथा प्रायोजन हिमालयन रेष्टुरेन्ट एण्ड बारले गरेको थियो ।

अन्तर्राष्ट्रिय जगतमा नेपाली संस्कृतिको प्रवर्धन हेतु गरिएको उक्त कार्यक्रममा सम्भवतः अफ्रिका क्षेत्रमा पाकिस्तानी र भारतीय संगठनका पदाधिकारीहरुलाई एकैसाथ निमन्त्रणा गरि एउटै छानामुनी गोलबन्द गरेर मनोरञ्जन प्रदान गर्न सफल सायद यो नै पहिलो कार्यक्रम हुनुको साथै केही स्थानीय नागरीकहरुलाई पनि नेपाली कला–संस्कृतीको परिचय गराँउन सफल भएको आयोजकले जनाएका छन् ।


नेपाली संस्कार र संस्कृतीको बढावा हेतु टिका–जमरा ग्रहण, बाल नृत्य, तथा विभिन्न सामुहिक नृत्य प्रस्तुती गरिएको थियो ।
बाल नृत्यमा अन्जिला श्रेष्ठ, प्रगती गिरि, बैदेही शर्मा, ईशानी गैरेको जोरदार प्रस्तुती रहेको थियो भने अन्य सामुहिक नृत्यमा बर्षा छेत्री, तारा गिरि, ममता बम, रन्जता पंगेनी, सुनिता बोगटी, कल्पना अर्याल तथा मुस्काँन अर्यालको प्रस्तुती थियो । त्यसैगरी रमा अर्यालको दुर्गाभाव नृत्यले सबैको मन जित्न सफल भएको थियो ।

नेपाली राष्ट्रियस्तरको गायनमा पाईला राखिसकेका स्थानिय कलाकारद्वय तेजेन्द्र विवस र रमेश कंडेलको पनि गायन प्रस्तुती विशेष रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष थापाले स्वागत मन्तव्य, डा.रुपारेलियाले शुभकामना मन्तव्य, तथा पुर्वअध्यक्ष जिवनाथ पंगेनीले एनआरएनका बारेमा बताउँदै धन्यवाद मन्तव्य दिएका थिए भने पुर्वअध्यक्ष राजमणी भण्डारीलाई कार्यक्रम बिच २०१७–२०१९ सफलतापूर्वक सम्पन्न .गरेकोमा कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।

संगीत–साधना ईटहरीको आयोजना, गायक प्रीतमको साङ्गीतिक यात्रा सफलताको शुभकामना कार्यक्रमबिच ईटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले नेपाली अवैतानिक वाणिज्य दूतावासलाई पठाएको नेपाली झण्डा गायक प्रीतमद्वारा डा.रुपारेलियालाई हस्तान्तरण गरिएको थियो । साथै संघले पनि नगरपालिकालाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रमलाई सफल बनाउनका लागि अहोरात्र खटेका तारा गिरि, वर्षा छेत्री, नरेन शर्मा, प्रेम श्रेष्ठ, रमा अर्याल, निकु केसि, सन्जिव शर्मा, धनराज गिरि, तेजेन्द्र विवश तथा कार्यक्रमको निम्ती विभिन्न समयमा भएका सभा–बैठकहरुमा उपस्थिती जनाएर सरसल्लाह र सुझाव दिने तेज बहादुर खड्का अनि राजु थापा लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष थापाले आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

 

वि.सं.२०७९ असोज २३ आइतवार १५:०६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...