back
CTIZAN AD

मकवानपुरमा डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता

वि.सं.२०७९ असोज २३ आइतवार

936 

shares

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आ–आफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले) को समर्थनमा राप्रपा नेपालका तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह र हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रन्तप्रसाद प्रजापतिले उम्मेदवारी मनोनयन गराउनुभएको छ । यसैगरी गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी मनोनयन अपराह्न ३ बजे गराउने कार्यक्रम छ ।

त्यस्तै नेकपा (एमाले)को तर्फबाट क्षेत्र नं २ मा महेशकुमार बर्तौलाले पनि आजै ३ः३० बजे उम्मेदवारी दर्ता गराउनुहुने एमाले मकवानपुरले जनाएको छ । अन्य उम्मेदवारले साँझ ५ बजेभित्रै हेटौँडा उपमहानगरपालिका–२ स्थित निर्वाचन कार्यालय परिसरमा आई मापदण्डअनुसार उम्मेदवारी दर्ता गराउनसक्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । मकवानपुरमा तीन लाख सात सय ३३ मतदाता छन् भने तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । रासस

वि.सं.२०७९ असोज २३ आइतवार १५:१० मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...