काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराई तथा गोरखाका माओवादी नेताहरुलाईसँगै राखेर प्रचण्डले मनोनयन दर्ता गराएका हुन् ।

यसअघि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने भनिएका प्रचण्डले अन्तिममा गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । प्रचण्डलाई गोरखामा नेसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका दलले समर्थन गरेका छन् ।
वि.सं.२०७९ असोज २३ आइतवार १५:२४ मा प्रकाशित






























