काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि बन्ने सरकारको नेतृत्व आफुँले गर्नसक्ने बताएका छन् । काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि थापाले चुनाव जितेपछि कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने प्रयास गर्ने बताएका हुन् ।
“ड्राइभिङ सिटमा अब आफैं बस्ने हो, अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो”, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।
उनले सचेत नागरिकहरू बस्ने ठाउँबाट पटक-पटक प्रतिनिधित्व गर्ने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे । उनले अन्य क्षेत्र र जिल्लाबाट आफूलाई उम्मेदवार बन्न आग्रह गरिएको भए पनि आफू भने काठमाडौं- ४ बाट चुनाव लड्न लागेको बताए ।
“म अहिले जीवनको एउटा उल्लेखनीय अनुभव गरिसकेको एउटा फेजमा छु । यो अनुभवका आधारमा योभन्दा अगाडि यो क्षेत्रमा फेरि निर्वाचनको मैदानमा आउँदै गर्दा मैले खुला रूपमै भनेको छु । म अहिले गठबन्धनको दलहरूसँग संयुक्त उम्मेदवारीमा आएको छु”, थापाले भने ।
वि.सं.२०७९ असोज २३ आइतवार १७:३४ मा प्रकाशित






























