काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् । धर्मपत्नी एवम् नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् ।
वारिसनामामार्फत डा. आरजुले प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा शनिबार नै डडेल्धुरा पुगेकी थिइन् ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन्।
डडेल्धुरामा एमालेले भने आफ्नो उम्मेदवार उठाएको छैन । एमालेले नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ललाई समर्थन गरेको छ । सोही क्षेत्रमा स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले पनि उम्मेदवारी दिएका छन् ।
वि.सं.२०७९ असोज २३ आइतवार १७:२० मा प्रकाशित






























