काठमाडाैं । एमाले नेता एवं निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मानन्धरले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छन् ।
एमालेले उक्त क्षेत्रमा श्याम घिमिरेलाई टिकट दिएको छ ।
मानन्धर यसअघिका निर्वाचनमा एमालेबाट काठमाडौं ७ बाट निर्वाचित हुँदै आएका थिए । तर, यसपटक उनलाई पार्टीले टिकट दिएको थिएन ।
वि.सं.२०७९ असोज २३ आइतवार १५:५२ मा प्रकाशित






























