back
CTIZAN AD

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : तनहुँमा ६२ को उम्मेदवारी दर्ता

वि.सं.२०७९ असोज २४ सोमवार

711 

shares

दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ–१ को प्रतिनिधिसभा सदस्यका लागि १६, प्रदेशसभा (क)का लागि १२ र प्रदेशसभा (ख) का लागि सात जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ–२ को प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा १ (क)का लागि १० र प्रदेशसभा (ख)का लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट एकबहादुर राना, राप्रपाबाट विनोद घर्तीलगायतको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर थापा, राप्रपा नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्ररूपमा गोविन्दराज जोशी, पृथ्वीनारायण श्रेष्ठ, प्रवीण पौडेल, रामचन्द्र कार्की, विश्वनाथ बाँस्तोलाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ–१ प्रदेशसभा (क) तर्फ कांग्रेसबाट अशोककुमार श्रेष्ठ, एमालेबाट रामबहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट अर्जुन गुरुङ, राप्रपा नेपालबाट विजयकुमार शाही, राप्रपाबाट विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट भुवनसिं थापा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट भीमबहादुर थापा, नेकपा (एकीकृत समाजवादी)बाट विद्या ढकाल, मौलिक जरोकिलो पार्टीबाट चिजकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्ररूपमा हरिराज जोशी, नगेन्द्र पौडेल र रामबहादुर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँ–१ प्रदेशसभा (ख)तर्फ नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमान, एमालेबाट पूर्णबहादुर गुरुङ, एकीकृत समाजवादीबाट कलिला खान, राप्रपाबाट राजु गोतामे, राष्ट्रिय जनमुक्ति पार्टीबाट खेमबहादुर गुरुङ र जनता समाजवादीबाट किसान भुजेलले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट शङ्कर भण्डारी, एमालेबाट किरण गुरुङलगायतको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विपीनराज तिवारीले जानकारी दिए । त्यस्तै स्वतन्त्ररूपमा विष्णु पराजुलीको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नं २ प्रदेशसभा (क)तर्फ माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, एमालेबाट श्यामराजा महतको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं २ प्रदेशसभा (ख)तर्फ कांग्रेसका जितप्रकाश आले, एमालेका केदार सिग्देललगायतको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन कार्यतालिकाबमोजिम असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गरिनेछ ।

महिला उम्मेदवार चारमात्रै

तनहुँमा ६२ जनामध्ये महिला उम्मेदवारको सङ्ख्या चारमात्रै रहेको छ । त्यसमध्ये प्रतिनिधिसभामा दुई र प्रदेशसभामा दुई महिलाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नं १, क्षेत्र नं २ को प्रतिनिधिसभामा महिलाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेश (ख) र क्षेत्र नं २ को प्रदेश (ख) मा महिलाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

 

वि.सं.२०७९ असोज २४ सोमवार ०८:४४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...