back
CTIZAN AD

रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी, यस्तो छ नामावली

वि.सं.२०७९ असोज २४ सोमवार

702 

shares

रुकुमपूर्व । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि रुकुमपूर्वबाट २६ जनाको मनोनयन दर्ता भएको छ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो । प्रतिनिधिसभा सदस्यतर्फ छ र प्रदेशसभा सदस्यतर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क)मा माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभातर्फ (क) मा तेजेन्द्र बुुढा र (ख) मा भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ ।

यस्तै राप्रपाबाट प्रतिनिधिसभामा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेशसभा (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन प्रदेशसभा (क) मा भने राप्रपाले उम्मेदवारी उठाएको छैन । यस्तै मङ्गोल नेसनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीबाट प्रदेशसभा (क) मा पुरा पुन र (ख) बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् । यस्तै १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामामा एक जनाले स्वतन्त्र मनोनयन दर्ता गर्दा प्रदेशसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा चन्द्रराज झाँक्रीले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै प्रदेशसभा (क) मा रामसुर बुुढामगर, सङ्गम रोका, सुरुल पुन, कालिप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुन छन् । यस्तै प्रदेशसभा (ख) बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजङ्ग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

 

वि.सं.२०७९ असोज २४ सोमवार ०८:५४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...