back
CTIZAN AD

कपिलवस्तुमा १४६ जनाले गराए मनोनयन दर्ता, हेर्नुहोस् नामावली

वि.सं.२०७९ असोज २४ सोमवार

720 

shares

कपिलवस्तु (बुद्धभूमि) । कपिलवस्तुबाट आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि एक सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी उक्त सङ्ख्यामा आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ बाट २२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा–१ (क)तर्फ भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डोलकराम घिमिरेले र एमालेलेका तर्फबाट विष्णु पन्थीले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले फैजल खानलाई उम्मेदवार बनाएको छ । माओवादी, कांग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी कांग्रेसमा आएर टिकट पाउनुभएको हो । यहाँ एमालेले मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले वृजेशकुमार गुप्तालाई उठाएको छ । प्रदेशसभा–२ (क) मा सत्ता गठबन्धन बाट कांग्रेसका विक्रमसिंह थापाले मनोनयन दर्ता गराएका छन् । एमालेबाट नवराज लामिछानेले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा–२ (ख) मा सत्ता गठबन्धनले कांग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधिसभा–३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट कंग्रेसका अभिषेकप्रताप साहले मनोनयन दर्ता गराउनुभएको छ । एमालेले मङ्गलप्रसाद गुप्तालाई उठाएको छ । प्रदेशसभा–२ (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका एहसान खान उम्मेदवार बनेका छन् । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ ।

प्रदेशसभा–३ (ख)मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडिया र एमालेबाट रजाउर्मान खाँले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

 

वि.सं.२०७९ असोज २४ सोमवार ०९:०५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...