काठमाडौं । आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारि वर्षाका साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै राति पनि देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आज कर्णाली, पश्चिम सेती, र यसका सहायक नदीमा बहाव खतरा तह आसपासनै हुने तथा कर्णालीको चिसापानी भन्दा तल्लो तटीय क्षेत्रमा हुनेहरु डुबान नहुने सुरक्षित स्थानमा सर्न बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर भइ बहने स–सना नदीमा आकस्मिक बहाव र डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
वि.सं.२०७९ असोज २४ सोमवार ०९:२० मा प्रकाशित






























