back
CTIZAN AD

चुनावी मैदानमा व्यवसायी, कसको अवस्था कस्तो ?

वि.सं.२०७९ असोज २५ मंगलवार

786 

shares

काठमाडौं । मंसिर ४ मा हुँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यवसायीक क्षेत्रका अगुवाहरु पनि चुनावी मैदानमा देखिएका छन् । व्यवसायीक क्षेत्रमा सफल मानिएका अगुवाहरु विभिन्न पार्टीको आडमा चुनावी मैदानमा आएका हुन् ।

उद्योगी विनोद चौधरी यसपटक नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । २०७४ मा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार बनेका चौधरी यसपटक प्रत्यक्ष प्रक्रियाबाट निर्वाचनमा उठेका हुन् । चौधरी २०६४ नेकपा (एमाले)को तर्फबाट संविधानसभा सदस्य पनि बनेका थिए ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायी तथा राज्यमन्त्री उमेश श्रेष्ठ पनि यसपटक चुनावी दौडमा छन् । श्रेष्ठलाई कांग्रेसले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । श्रेष्ठसँग एमालेका कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् । श्रेष्ठ पहिलो पटक २०७० मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । पछिल्लो पटक पनि कांग्रेसले उनलाई समानुपातिकबाट सांसद बनाएको थियो । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसहित मन्त्री बनेका श्रेष्ठ पछिल्लो समय प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत थिए ।

मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी डा. सुनिल शर्मा नेपाली कांग्रेशको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बनेका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजको सञ्चालक समेत रहेका छन् । ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा शर्मा मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । यसपटक पनि शर्माको प्रतिस्पर्धा नेता ढकालसँग नै हुनेछ ।

व्यवसायी डा. वीरेन्द्र महतो पनि यसपटक चुनावी दौडमा छन् । उनलाई जनता समाजवादी पार्टी जसपाले सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । माछापुच्छ्रे बैंकका अध्यक्षसमेत रहेका व्यवसायी डा. महतो विभिन्न व्यवसायमा आबद्ध छन् ।

चर्चित निर्माण व्यवसायी मोहन आचार्य पनि यसपटक चुनावी दौडमा उभिएका छन् । रसुवा कन्स्ट्रक्सनका आचार्य नेपाली कांग्रेसको तर्फबाट रसुवाबाट उम्मेदार बनेका हुन् । व्यवसायी आचार्य यसअघि पनि कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए ।

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं यस पटक पनि प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । यसका लागि बजगाईंले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरिसकेका छन् । गठबन्धनअन्तर्गत कांग्रेसका तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । यसअघि ०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका उनी थोरै मतान्तरले पराजित भएका थिए ।

व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । किसान पूर्वम्यानपावर व्यवसायी हुन् भने जग्गाको कारोबारमा पनि सक्रिय थिए ।

पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पाण्डे प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् । पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत विभिन्न विधाका व्यवसायका साथै ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष, एयरलाइन अपरेर्टस एसोसियसन (आवान) को महासचिवसमेत हुन् । उनी नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्यसमितिको सदस्यलगायत विभिन्न व्यावसायिक नेतृत्वमा पुगिसकेका छन् ।

निर्माण व्यवसायी विक्रम पाण्डे यस पटक पनि प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गरेका छन् । पाण्डे ०७४ सालको निर्वाचनमा चितवनबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । यस पटक पाण्डे नेकपा एमालेका रामप्रसाद न्यौपाने र गठबन्धनअन्तर्गत माओवादीका भोजराज अधिकारीसँग प्रतिस्पर्धा गर्दै छन् ।

व्यवसायी दीपक खड्काले प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभाबाट मनोनयन दर्ता गराएका छन् । जलविद्युत्लगायत व्यावसायिक क्षेत्रमा लगानी गरेका खड्काले गठबन्धनअन्तर्गत कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका हुन् । उनले ०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनी एमालेका राजेन्द्र गौतमसँग पराजित भएका थिए ।

झण्डै आधा दर्जन बढी क्षेत्रमा लगानी गरेका प्रभु ग्रुपका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन प्रतिनिधिसभा सदस्य बन्नको लागि नेकपा (एमाले)को तर्फबाट समानुपातिक सूचीमा परेका छन् । एमाले पार्टीले उनलाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाती समूहबाट सिफारिस गरेको हो । यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा थिए । अहिले उनी ललितपुर जिल्लाबाट सिफारिस भएका हुन् ।

वि.सं.२०७९ असोज २५ मंगलवार १३:१४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...