काठमाडौं । निरन्तर बढ्दै आएको सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको बजारमा ९५ हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबारको बजारमा १२ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबारको बजारमा प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ असोज २५ मंगलवार १३:०७ मा प्रकाशित






























