
नेपालीहरुको नयाँबर्ष २०७४ लाई लक्षित गर्दै क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले जापानबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरुलाई अप्रिल १ तारिखबाट अप्रिल ३० तारिखसम्म प्रत्येक दिन दुइ जनाले प्राप्त गर्ने गरि आकर्षक उपहार र हरेक हप्ता एक जनालाई बम्पर उपहार दिने घोषणा गरेको छ्र ।
‘यसपालीको नयाँ बर्ष,क्योउदाइ रेमिटान्स (आइ.एम.इले लिएर आयो हर्षै हर्ष’ नामक योजनाको बारेमा क्योउदाइ रेमिटान्सको केन्द्रिय कार्यालय टोक्यो शिनओकुबोमा पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराइएको थियो ।
हरेक दिन दुइ जनालाई पर्ने पुरस्कारमा प्रति व्यक्ति ५,००० येनको गिफ्ट कुपन भौचरको साथमा नयाँ बर्षको योजना अबधिभर हरेक हप्ता एक जनालाई बम्पर उपहार अत्यधिक सुबिधा युक्त कम्प्युटर (ल्ययापटप) प्रदान गरिनेछ ।
जापानको रेमिटान्स बजारमा अलग पहिचान बनाउन सफल क्योउदाइ रेमिटान्स (आइ.एम.ईले आफ्ना ग्राहकहरुको सुबिधालाइ मध्यनजर गर्दै विभिन्न समयमा बिबिध योजनाहरु ल्याउनुका साथै नेपाल र नेपालीहरुको दःुख सुखको सारथी हुदै सक्रियरुपमा सामाजिक भूमिकाहरु पनि निभाउदै आएको छ ।