back
CTIZAN AD

रुपन्देहीमा घनश्याम भुसाल पक्षले सामूहिकरूपमा छाड्यो एमाले (विज्ञप्तिसहित)

वि.सं.२०७९ असोज २६ बुधवार

939 

shares

काठमाडौं । एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल पक्षधर अन्य नेता तथा कार्यकर्ताले पनि सामूहिक रूपमै एमाले छाडेका छन् । बुधबार भुसाल पक्षधर एमालेका दुई प्रदेश कमिटी सदस्यसहित ३१ नेता–कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका हुन् ।

रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताले रुपन्देही–१ बाट उठेका भुसाललाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले पार्टीमा नीति भन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोगको आरोप लगाएका छन् ।

एमालेबाट टिकट नपाएपछि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका भुसालको पक्षमा एमालेका नेता तथा कार्यकर्ता विस्तारै खुल्दै आएका छन् । पछिल्लो घोषणाले भुसाललाई थप बलियो बनाएको छ ।

वि.सं.२०७९ असोज २६ बुधवार १४:३२ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...