back
CTIZAN AD

प्रचण्डले छाडेको चितवन–३ मा एमालेले फिर्ता लियाे उम्मेदवारी

वि.सं.२०७९ असोज २६ बुधवार

798 

shares

काठमाडाैं । नेकपा (एमाले)ले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी फिर्ता लिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएका हुन् ।

न्यौपाने एमाले चितवनका अध्यक्षसमेत हुन् ।

चितवन ३ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट अधिकारी उम्मेदवार बनेसँगै कांग्रेसका दिनेश कोइरालाले पनि बागी उम्मेदवारी दिएका छन् ।

चितवन ३ मा पूर्वकांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि चितवन-३ मा उम्मेदवारी दिएका छन् ।

एमालेले उम्मेदवारी फिर्ता लिए पनि कसलाई समर्थन गर्ने भन्ने औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । कांग्रेसका बागी उम्मेदवार काेइराला र राप्रपाका उम्मेदवार पाण्डेले एमालेकाे समर्थन आफुँलाई रहने दाबी गरेका छन् ।

वि.सं.२०७९ असोज २६ बुधवार १४:४८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...