back
CTIZAN AD

प्रचण्डसँग प्रतिस्पर्धी बनेकी डा. माधवी भट्टले फिर्ता लिइन् उम्मेदवारी

वि.सं.२०७९ असोज २६ बुधवार

738 

shares

काठमाडाैं । गाेरखा २ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

२३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जनाएकी छिन् । यसै क्षेत्रबाट सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ले उम्मेदवारी दिएका छन् ।

उनले उम्मेदवारी फिर्ता लिए पनि मतदाताको आफूप्रतिको विश्वास र भरोसा टुट्न नदिने बताएकी छिन् । उनले भनेकी छिन्, ‘यहाँहरूका फोन कल र सामाजिक सञ्जालमा आएका सन्देशहरूलाई मैले जवाफ दिन सकेको छैन । म यहाँहरूलाई पक्कै पनि सम्पर्क गर्ने छु । गोरखा–२ मा कांग्रेसका पार्टी पूर्व सभापतिहरू, केही पूर्व सांसदहरू तथा अन्य विभिन्न तह र तप्कामा रहनु भएका व्यक्तिहरूबाट प्राप्त हौसलाले मलाई थप जिम्मेवार बनाएको छ ।’

उनले यस्तो सामीप्य र सहकार्य आगामी दिनमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् । गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उम्मेदवारी दिएका छन् ।

वि.सं.२०७९ असोज २६ बुधवार १६:१३ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...