back
CTIZAN AD

लिस्तीकोट–दुगुनागढी ‘माउन्टेन ट्रेल’ प्रतियोगिता हुँदै

वि.सं.२०७९ असोज २६ बुधवार

768 

shares

काठमाडौँ । सिन्धुपाल्चोकको दुगुनागढी र लिस्तिकोटको ऐतिहासिक एवं धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले आगामी कात्तिक १७ गते ‘लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ ।

भोटेकोसी गाउँपालिका–३ स्थित सुक्खा बन्दगाहबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किमी दूरी क्षेत्रमा उक्त प्रतियोगिता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेनाले सञ्चालन गर्दै आएको यो प्रतियोगीता तेस्रो संस्करण हो ।

सिन्धुपाल्चोककै गौरवका रुपमा रहेको दुगुनागढीको ऐतिहासिक महत्व, लिस्तिकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गरी ती स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता हुँदै आएको छ ।

सेनाको पहलमा भोटेकोसी गाउँपालिकाको आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगिता खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा सञ्चालन हुनेछ । खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ः रु एक लाख १० हजार, रु ७५ हजार र ५५ हजार नगद पुरस्कार प्रदान गरिने सेनाले जानकारी दिएको छ ।

महिलातर्फ प्रथम हुनेलाई रु ६० हजार, दोस्रोलाई रु ३५ हजार र तेस्रो हुनेलाई रु २० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । जिल्लावासीका तर्फबाट प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार र तेस्रोलाई रु १५ हजार नगद प्रदान गरिने छ ।

 

वि.सं.२०७९ असोज २६ बुधवार १६:२५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...