back
CTIZAN AD

युक्रेनी सेनाद्धारा रुसद्धारा कब्जा गरिएका पाँचवटा बस्ती पुनः कब्जा

वि.सं.२०७९ असोज २६ बुधवार

843 

shares

किएभ । युक्रेनी सेनाले दक्षिणी खेरसन क्षेत्रमा पाँचवटा बस्ती पुनः कब्जा गरेको दक्षिणी अपरेशनल कमाण्डका प्रवक्ताले बताएका छन् ।

दक्षिणी कमाण्डका प्रवक्ता भ्लादिस्लाभ नाजारोभका अनुसार बेरिस्लाभ जिल्लाको नोभोवासिलिभका, नोभोरीहोरिभका, नोभा कामियान्का, ट्राइफोनिभका र चेर्भोन गाउँ मङ्गलबार पुनः कब्जामा लिइएको हो । ती बस्ती भर्खरै रूसद्वारा गाभिएका चार क्षेत्र मध्येको एउटा हो ।

यसैबीच, रूसको आन्तरिक सुरक्षा निकायले बुधबार रूसलाई क्रिमियासँग जोड्ने मुख्य पुलमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा आठ जनालाई गिरफ्तार गरेको बताएको छ भने दक्षिणी युक्रेनी शहर जापोरिझियाका एक अधिकारीले रूसी सेनाले त्यहाँ थप आक्रमण गरेको बताएका छन् ।

रूसी संक्षिप्त नाम एफएसबीद्वारा चिनिने सङ्घीय सुरक्षा सेवाले शनिबारको आक्रमणमा पाँच जना रूसी र युक्रेनी तथा आर्मेनियाका तीन नागरिकलाई गिरफ्तार गरेको बताएको छ । आक्रमणबाट रूस र क्रिमियाली प्रायद्वीपबीचको केर्च पुलमा क्षति भएको थियो । विस्फोटक पदार्थले भरिएको ट्रक पुल पार गर्ने क्रममा विष्फोट हुँदा चार जनाको ज्यान गएको थियो ।
(रासस/एपी)

 

वि.सं.२०७९ असोज २६ बुधवार १६:३५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...