back
CTIZAN AD

तनहुँमा ५७ उम्मेदवार कायम, यस्तो छ नामावली

वि.सं.२०७९ असोज २७ बिहीवार

549 

shares

दमौली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ५७ उम्मेदवार कायम भएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जनाले फिर्ता लिएपछि ५७ उम्मेदवार कायम भएका हुन् ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा–१ (क)का लागि ११ र प्रदेशसभा (ख)का लागि सात जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ–२ को प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा (क)का लागि आठ र प्रदेशसभा (ख)का लागि छ जनाको उम्मेदवारी कायम छ ।

तनहँु क्षेत्र नं १ तर्फ दुई र तनहुँ क्षेत्र नं २ तर्फ तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार विश्व बाँस्तोला र प्रदेशसभा (क) तर्फ उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार नगेन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

तनहुँ क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख)का जनता समाजवादीका उम्मेदवार पूर्णबहादुर गुरुङ, प्रदेशसभा (क)का नेपाली काङ्ग्रेस (बीपी)का उम्मेदवार डा शेषरमण न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेम परियारले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)बाट एकबहादुर राना, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल चुनावी मैदानमा छन् ।

स्वतन्त्रतर्फ गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । तनहुँ क्षेत्र नं २ तर्फ नेकपा (एमाले)बाट किरण गुरुङ, नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, राप्रपाबाट नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीबाट रामहरि गोरा, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रविना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी)बाट पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालबाट खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी चुनावी मैदानमा छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेशसभा (क)तर्फ एमालेबाट रामबहादुर गुरुङ, कांग्रेसबाट अशोककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीबाट चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनबाट भीमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी)बाट विद्यानाथ ढकाल, राप्रपाबाट विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट भुवनसिं थापा, स्वतन्त्रबाट हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेशसभा (ख)तर्फ एमालेबाट पूर्णबहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमान, जनता समाजवादी पार्टी नेपालबाट किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट रनबहादुर खवास, नेकपा (एकीकृत समाजवादी)बाट कलिला खातुन, राप्रपाबाट राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीबाट खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं २ प्रदेशसभा (क)तर्फ एमालेबाट श्यामराजा महत, माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, मौलिक जरोकिलो पार्टीबाट टोलराज वाग्ले, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुमन थापामगर, एकीकृत समाजवादीबाट दुर्गाकुमार श्रेष्ठ, राप्रपाबाट रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं २ प्रदेशसभा (ख)तर्फ एमालेबाट केदार सिग्देल, कांग्रेसबाट जितप्रकाश आलेमगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नमबहादुर राना, एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ, राप्रपाबाट श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएन

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) तनहुँले चारवटा प्रदेशसभा क्षेत्रमा उम्मेदवारी कायमै राखेको छ । सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेको एकीकृत समाजवादीले तनहुँमा एक सिट पनि नपाएपछि चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

सत्तारुढ दलका शीर्षनेताले सहमतिविपरीत उम्मेदवारी दिएका ठाउँमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि तनहुँमा उम्मेदवारी फिर्ता भएन । आफूहरुको पार्टीका तर्फबाट चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवार रहेको र पार्टीका उम्मेदवारका पक्षमा मत मागिने समाजवादीका अध्यक्ष श्रीराम कार्कीले बताए ।

तनहुँ विकासको जिम्मा हामी लिन्छौ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ विकासको जिम्मा आफूहरूले लिने बताउनुभएको छ । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीमा आज दर्शनपछि स्थानीयसँगको भेटघाटमा उहाँले अवरुद्ध भएको विकास निर्माणको जिम्मा अब आफूहरुले लिने बताए ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले गत निर्वाचनमा कांग्रेस हार्दा जिल्लाको विकास रोकिएकाले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित अपरिहार्य रहेको बताए ।

विगतको निर्वाचनका आफू देशव्यापी लाग्नुपर्दा तनहुँका जनतामा भ्रम उत्पन्न भई निर्वाचन हारे पनि यसपटक तनहुँका जनताको साथ आफूलाई प्राप्त हुने पौडेलको भनाइ थियो ।

“देशलाई सुशासन चाहिएको छ, राजनीतिक स्थिरता चाहिएको छ, नेपालको अनुकूल विकास चाहिएको छ”, पौडेलले भने, “त्यो कांग्रेसको नेतृत्वमा मात्र सम्भव छ ।” जिल्लामा कांग्रेसकै नेतृत्वमा थुप्रै विकास भए पनि विकास भएन भनेर विपक्षीले अनावश्यक प्रचार गरेको पौडेलको आरोप थियो । “जनतालाई भ्रमको सिकार बनाइयो, गाउँ–गाउँमा विकास पुगेको छ, सडक पुगेको छ, अब कालोपत्र गर्छौँ”, उनले भने ।

 

वि.सं.२०७९ असोज २७ बिहीवार १३:०७ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...