back
CTIZAN AD

भियतनाममा दश महिनामा डेंगु ज्वरोका कारण एक सय दुई जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक ११ शुक्रवार

786 

shares

हनोई । भियतनाममा यसवर्षको शुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ ।

हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्दुको रुपमा रुहेको छ । यस अवधीमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ । राजधानी हनोईमा बाह्र जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी घटनाहरू देखिएका छन् ।

डेंगु ज्वरो बाहेक, भियतनामले हालै अन्य रोगहरूको जटिल विकास पनि भएको देखिएको छ । उत्तरी बाक कान प्रान्तमा, आठ सय भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरू रहस्यमय फ्लूबाट आएको बताइएको छ । तीमध्ये एक आठ वर्षीय बालकको मृत्यु भएको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ कात्तिक ११ शुक्रवार १९:०० मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...